विपन्न परिवारलाई चामल र दाल
विराटनगर, चैत्र १७
विराटनगरका दुईजना समाजसेवीले लकडाउनबाट प्रभावित दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्ने वर्ग एंव समुदायलाई लक्षित गरी विराटनगर –११ मा राहत वितरण गरेको छ । विराटनगर–११ का सामाजसेवी गेहेन्द्र कार्की र दीनबन्धु गोयलले ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न २६ परिवारलाई आज राहत वितरण गरेका हुन् ।
प्रतिपरिवार २५ केजी चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक केजी वितरण गरिएको वडा सदस्य विमल पोखरेलले बताए ।
वडाका एक सय विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको भएपनि हुनेखाने परिवारले समेत राहत लिन भीड जम्मा गरेकाले आजलाई स्थगित गरिएको उनले बताए ।
वडामा विपन्न समुदायलाई खाद्यन्न सहयोग गर्न धेरै दाताहरु उत्सुक रहेको तर हुनेखाने परिवारको भीडले समस्या परेकाले आवश्यक छानवीन र सवैको सहयोगमा भोलिदेखि पुनः राहत वितरण गरिने अर्का वडा सदस्य रिङ्कु परियारले जानकारी दिए ।