कोरोना आशंकित दुई जनाको वीर अस्पतालमा मृत्यु



काठमाडौं,चैत १७

काठमाडौंको वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला र भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष छन् । दुबै जनाको सोमबार मृत्यु भएको हो ।

मृतक महिलालाई निमोनिया र पुरुषलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News