‘लकडाउन’ उल्लंघन गरे कर्फ्यु लगाउने मुख्यमन्त्री राईको चेतावनी

काठमाण्डौँ , चैत १७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नागरिकले ‘लकडाउन’को उल्लंघन गरे कर्फ्यु लगाउने चेतावनी दिएका छन ।
मुख्यमन्त्री राईले ‘लकडाउन’ जनताको स्वाथ्य र सुरक्षाको लागि लगाइएको भन्ने कुरा बुझ्न जरुरी रहेकोले ‘लकडाउन’को पालना गर्न आग्रह गरे ।
सूचना प्रवाह प्रक्रिया प्रभावकारी हुन नसकेको विषयमा मनन गर्दै प्रदेश सरकारले प्रभावकारी सूचना प्रवाहका लागि नेपाल पत्रकार महासंघसँग समन्वय सूचना डेस्क संचालनमा ल्याइने बताए ।
हालसम्म प्रदेशमा कोरोना भाइरसको संक्रमण नभेटिएको र अब पनि फैलिन नदिन प्रदेश सरकारले अत्यन्तै सजगताका साथ काम गरिरहेको मुख्यमन्त्री राईले बताए ।