स्पेनमा एकै दिन ९ सय १३ कनाको मृत्यु




एजेन्सी
कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट स्पेनमा एकैदिन ९ सय १३ जनाको मृत्यु भएको छ । स्पेनमा जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार स्पेनमा ८ सय ३८ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ७ हजार ७ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै इटालीमा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सोमबार इटालीमा ८१२ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार भने ७५६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या भने करिब एक हजारले घटेको छ । मंगलबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या एक लाख एक हजार ७ सय ३९ पुग्दा निको हुनेको संख्या करिब १४ हजार रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ६३ हजार रहेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी ३ हजार ७ सय १५ जनाको मृत्यु भएको छ भने थप करिब ६० हजारमा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट मंगलबार बिहानसम्म ३७ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । निको हुनेको संख्या करिब एक लाख ६५ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News