२०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक



काठमाण्डौँ,चैत १८

गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ । वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ ।

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ । त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News