भारतमा कोरोनाबाट मृत्युु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं, चैत १९
भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरे । मंगलबार थप १ सय ४६ जना संक्रमित भेटिएका थिए ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ । भारतमा फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी महाराष्ट्र, केरल, युपी, दिल्ली र कर्नाटकप्रभावित बनेको भारतीय अधिकारीहरूले बताएका छन् ।