प्रदेश १ः ५४ को नमुना संकलन, ४२ जनाको नेगेटिभ


 


विराटनगर, चैत १९
प्रदेश १ मा बुधबार साँझसम्ममा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ । त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी १२ जनाको रिपोर्ट आउन बाँकी छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार हालसम्म झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २ जनाको नमुना संकलन भएको छ । त्यस्तै संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । बुधबार मात्र मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ गरी ८ जनाको नमुना संकलन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डा. मेहताका अनुसार प्रदेशभरिमा बुधबारसम्म कोरोना भाईरसका शंकास्पद १ सय १९ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५–५ जना छन् । आईसोलेसनमा ३ पुरुषसहित ९ जना विरामी भर्ना भएर उपचाररत छन् ।

प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ । प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा छन् भने ती क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना विरामीको जाँच गरिएको छ । त्यस्तै सरकारी र घरैमा गरी प्रदेशमा ५ सयभन्दा बढी क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्