अमेरिकामा एकै दिन एक हजार भन्दा बढीको मृत्यु, संक्रमण दर पनि बढ्यो




एजेन्सी
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एकै दिन एक हजार भन्दा बढीको मृत्यु भएको छ। बुधबार मात्रै अमेरिकामा एक हजार ४७ जनाको मृत्यु भएको छ। यससँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार एक सय पुगेको छ ।

यस्तै नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च भएको छ । बुधबार एकै दिन २६ हजार चार ३६ मा नयाँ संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या दुई लाख १४ हजार ९ सय ६६ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा पाँच सय पाँच जनाको मृत्यु भयो भने सात हजार ९१८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १८९ जनाको ज्यान गएको छ । यस्तै अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय १४ रहेको छ । निको भएर घर फर्किनेको संख्या अहिलेसम्म एक लाख ९३ हजार ९ सय ८९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News