एचआइभी वैज्ञानिक गीता रामजीलाई लग्यो कोरोना भाइरसले


 


विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएकी दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको मंगलबार निधन भएको हो ।

एचआइभी संक्रमितको जीवन रक्षाका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी रामजीको निधनले ठूलो नोक्सानी बेहोर्नु परेको युएनएड्सले जनाएको छ ।

उनले महिलालाई एचआइभीको संक्रमणबाट जोगाउने तथा उपचारमा पहुँच पु¥याउने अभियानका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन् । उनको ६४ वर्षको उमेरमा निधन भएको हो ।

युएनएड्सकी प्रमुख विनी ब्यायनिमाले प्राध्यापक रामजीको निधन विश्वमा उनको आवश्यकता अधिक रहेका बेला भएको बताएकी छन् ।

विश्वमा सबैभन्दा धेरै एचआइभी संक्रमित भएको देश हो दक्षिण अफ्रिका । अहिले दक्षिण अफ्रिका कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तीन हप्ते लकडाउनमा छ ।एचआइभी विरुद्धको उपचार पत्ता लगाउने अभियानमा वैज्ञानिक रामजीको महत्वपूर्ण भूमिका छ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्