धनगढीमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोनाको आशंका


 


धनगढी,चैत २१

धनगढीको एक निजी अस्पतालमा उपचारका क्रममा आईसियुमा मृत्यु भएका व्यक्तिमा कोरोनाको संक्रमणको आशंका गरिएको छ ।

हिजो साँझ धनगढी स्थित माया मेट्रो अस्पतालमा भर्ना भएका कञ्चनपुरको झलारी स्थित एक कम्पनीमा काम गर्दै आएका २४ वर्षीय भारतीय युवकको उपचारका क्रममा आज बिहान सघन उपचार कक्ष(आईसियु) मा मृत्यु भएको थियो ।

मृत्यु भएका युवकमा मृत्यु अघि देखिएका लक्षणहरु कोरोनाको संक्रमणसंग मिलेकोले मृतक युवकको थ्रोट स्वावको नमूना संकलन गरिएको थियो ।

अहिले सेती प्रादेशिक अस्पताल उक्त थ्रोट स्वावको परीक्षण भईरहेको छ । केही समयपछि स्वावको रिपोर्ट आउने अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्