धनगढीमा कोरोना संक्रमित युवककी भाउजू पनि अस्पताल भर्ना



धनगढी ,चैत २२

 सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितका परिवारका एक जना सदस्यमा कोरोनाको लक्षण देखिएपछि पछि घरबाटै उद्दार गरिएको छ

स्रोतले संक्रमितकी भाउजुमा कोरोनोका लक्षण पाईएपछि धनगढी उपमानगरपालिका– ५ हसनपुरस्थितबाट आज बिहान उद्दार गरी सेती प्रादेशिक अस्पताल लगिएको छ ।

संक्रमितका परिवारका १० जना परिवारका सदस्य घरकै क्वारेन्टाईनमा बसिरहेका थिए । परिवारका १० जना सदस्यको थ्रोट स्वावको नमूना संकलन गरिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News