अाज राति चन्द्र ग्रहण लाग्दै, कुन राशीले हेर्दा के फाइदा ?


 


chandra-grahanकाठमाडाैं, असाेज १

आज राति चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ४२ मिनेटमा शुरु भएको चन्द्र ग्रहण राति २ बजेर ४० मिनेट सम्म रहने छ । यो सन् २०१६ मा हुने अन्तिम चन्द्र ग्रहण हो ।

यो सामान्य चन्द्र ग्रहण भने होइन । किन भने यो हार्भेष्ट फुलमुन भनिने पूर्णीमाको राति लाग्दैछ । अव सन् २०२४ मात्र यस्तो अर्को चन्द्र ग्रहण देख्न पाइने छ ।

नेपालबाट यो चन्द्रग्रहण देखिने छैन । यो चन्द्रग्रहण युरोप, अफ्रिका, एसियाका कतिपय देश र अष्ट्रेलियाबाट देखिनेछ ।

ग्रहण हेर्दा कुन राशिलाई कस्तो असरः

मेष: स्वास्थ्य सम्बन्धि समस्या हुन सक्छ । दुविधाजनक स्थितिबाट मुक्ति मिल्न सक्छ । रोजगारीमा प्रगती हुनेछ ।

वृष: अपमानको सामना गर्नु पर्न सक्छ । औषधीमा अत्याधिक ब्यय हुन सक्छ ।

मिथुन: पुरानो कामबाट सार्थक परिणाम निस्कन सक्छ । रोजगारी उपलब्ध हुन सक्छ ।

कर्कटः आर्थिक स्थिति मजबुद हुन सक्छ । निजी सम्बन्धमा उदाशिनता पैदा हुन सक्छ ।

सिंहः सोचेर मात्र धनको लगानी गर्नु पर्छ । हानीको संकेत देखिन्छ ।

कन्या: शारीरिक पीडा हुन सक्छ । छिमेकीसँग राम्रो सम्बन्ध राख्नुस् । गोप्य कुरा खोल्न पर्छ ।

तुला: घरेलु खर्च बढ्ने छ । मन तनावपूर्ण रहने छ ।

वृश्चिक: लाभको योग छ । विद्यार्थीका लागि प्रगतिको योग देखिन्छ । सम्मान वा लाभको सम्भावना देखिन्छ ।

धनु: नसोचेको घटना हुन सक्छ । ब्यवापारिक निर्णय सोच विचार गरेर लिनुस् । आर्थिक क्षितको योग छ ।

मकर: सन्तानको विषयलाई लिएर चिन्तित हुनु पर्ला । परिवारका सदस्यको स्वास्थ्य समस्या हुन सक्छ ।

कुंभ: व्यवसायमा लाभ मिल्ने छ । मित्रजनसँग मनोरञ्जनको योग देखिन्छ ।

मीन: शारीरिक वा मानसिक कष्टको योग देखिन्छ । टाउकोमा चोट लाग्न सक्छ सावधान रहनुस् ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्