अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु


 


अर्घाखाँची, चैत २४

सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिनुभयो ।
उहाँका तीन छोरी रहेका छन् । हाल उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन्

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्