भारतबाट आएर क्वारेन्टाइन बसेका २२ जनालाई परीक्षणबिनै घर पठाइयो


 


जाजरकोट, चैत्र २४
भारतबाट आएर क्वारेन्टाइनमा राखिएका जाजरकोट जुनीचाँदेका २२ जनालाई परीक्षबिनै घर पठाइएको छ । भारतबाट गत चैत्र ९ र १० गते आएका जुनीचाँदेको २, ३ र ९ नम्बर वडाका बासिन्दालाई स्वाब परीक्षणबिनै शनिबार घर पठाइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले सामान्य ज्वरो नापेर लक्षण केही नभएको भन्दै घर पठाएका हुन् । स्वास्थ्यकर्मीले चेकजाँच गर्दा अवस्था सामान्य देखिपछि वडा नम्बर ११ स्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएका २२ जनालाई घर पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

अन्य सबैलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।तर उनीहरु क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने संयन्त्र नहुँदा होम क्वारेन्टाइन प्रभावकारी नहुने हो कि भन्ने चिन्ता देखिएको जुनीचाँदे गाँउपालिका ५ का प्रकाश शाहीले बताए ।

कारोना संक्रमण भएन भएको एकिन गर्न स्वाब संकलन गरी पठाउने व्यवस्था जिल्लामै नहुँदा थप जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्