कोरोनाको जस्तै लक्षण देखिएका वृद्धको अस्पतालमा मृत्यु


 



काठमाडौं, चैत २६
रामेछापमा उच्च ज्वरो आएर तामाकोसी अस्पतालमा भर्ना भएका एक वृद्धको मृत्यु भएको छ। मंगलबार बेलुका ५ बजे भर्ना भएका गेलु निवासी ६७ वर्षीय एक पुरूषको गएरातिनै मृत्यु भएको हो। 

कोरोना भाइरसको मिल्दो जुल्दो लक्षण देखिएकाले मृतक व्यक्तिको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएको अस्पतालका हेल्थ असिस्टेन्ट हरिप्रसाद वाग्लेले जानकारी दिए।

कोरोना संक्रमण भएर नभएको धुलिखेल अस्पतालबाट रिपोर्ट आएपछि मात्र यकिन गर्न सकिने उनले बताए। वृद्धलाई तीन दिनदेखि उच्च ज्वरो आएपछि अस्पतालमा लगिएको थियो। 

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्