अग्रवाललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



काठमाण्डौँ,चैत २७ ।
नेपाल उद्योग परिसंघले केही दिनयता दैनिकजसो स्वास्थ्य सामग्री तथा राहत वितरण गर्दै आएकोमा उपाध्यक्ष सुलभ अग्रवाललाई समेत उपस्थित हुन बोलाएको थियो । तर, उनी भने आफ्नो महत्वपूर्ण काम भएको बहाना गर्दै राहत वितरणमा गएका थिएनन् ।

उनी महत्वपूर्ण काममा नभई कालोबजारीमा संलग्न रहेको मंगलबार खुल्यो । २० डलरमा चीनबाट आयात गरिएको ज्वरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्न खोज्दा उनी पक्राउ परे । सोही सामान बेच्न उनी राहत वितरणमा गएका थिएनन् ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबारदेखि नै उनीसँग ग्राहक बनेर डिल गरेको थियो । उनले सोमबार नै पैसा लिएर आउन भनेका थिए । तर, बैंकबाट पैसा निकाल्न नसक्दा प्रहरी मंगलबार दिउँसो उनको कार्यालयमा पुगेको थियो ।

१० लाख रुपैयाँ दिएर थर्मल गन लिएलगत्तै उनी पक्राउ परेका थिए । करिब पाँच हजार पर्ने थर्मल गनलाई उनले १५ हजारमा बिक्री गरेर कालोबजारी गरेको भन्दै प्रहरीले मंगलबार नक्सालबाट पक्राउ गरेको हो ।

किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत रहेका उनले सोही आवरणमा थर्मल गनको कालोबजारी गरेका थिए । कालोबजारी गर्न प्रयोग भएको कूटनीतिक नियोगको नम्बर प्लेटवाला गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News