प्रदेश सरकारलाई १ सय थान पीपीई हस्तान्तरण


 


विराटनगर, चैत २७
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई एनएमबी बैंकलेले आज १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा उपकरण पिपिई हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्रीको कार्यालयमा एनएमबी बैंकका प्रदेश प्रमुुख उत्सव घिमिरेले उक्त सामग्री हस्तान्तरण गर्नुुभएको हो । मुख्यमन्त्री राईले विपद्को अवस्थामा बैंकले गरेको कार्यको सरहाना गर्नुुहुँुदै जनताको स्वास्थ्यप्रति चिन्तित भई सहयोग प्रदान गरेकामा प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक दायित्वअन्तर्गत बैंकको सहयोगको उच्च मूल्याङ्क गर्दै आगामी दिनमा यसरी नै सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । कोभिड–१९ बाट सङ्क्रमण र रोकथामका लागि एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमार्फत विभिन्न प्रकारका सहयोग गरिरहेको प्रमुुख घिमिरेले बताउनुुभयो ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्