भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोना संक्रमण

अछाम,चैत २८ ।
सुदूरपश्चिमको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीसँग लामो समयदेखि सांगीतिक क्षेत्रमा सहकार्य गर्दै आएका गायक तथा मोडल चक्र बमले खड्का परिवारका आठ जनामा कोराना संक्रमण देखिएको जानकारी दिएका छन् ।सबैको स्वास्थ्यमा सुधार हुँदै गएको पनि पारिवारिक श्रोेतले जानकारी दिएको छ ।