नेपालको सीमामार्फत भारतमा कोरोना फैलाइएको अफवाह, भारतीय एसएसबी सक्रिय




काठमाडौं, चैत २९
नेपालको सीमा क्षेत्रबाट भारतमा कोरोना फैलाउने षडयन्त्र भएको भन्दै अपवाह फैलाएको छ। यसरी अफवाह फैलाउनमा भारतीय एसएसबी सक्रिय भएर लागिरहेको छ।

भारतीय टेलिजिन टिभी ९, न्यूज १८, इन्डिया टीभीलगायतले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् ।

चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको छ ।

भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए ।

यता पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले भने विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भएको बताएका छन् । उनले त्यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News