लकडाउन पुन: बढाउने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौं, चैत्र २९
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) )को नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउन तत्काल नहट्ने वताएका छन्।

कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गर्दा संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने उल्लेख गरेका थिए।

भारतमा संक्रमण लिरहेको हुँदा पनि लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने उनको तर्क थियो। सरकारले लकडाउनको अवधि बैशाख ३ गतेसम्म कायमा गरेकोमा प्रधानमन्त्रीको भनाइ अनुसार पनि लकडाउनको अवधि पुन : थपिने देखिन्छ।

सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा कोभिड–१९ विरुद्ध आ-आफ्नो प्रदेशमा भइरहेका प्रयासहरूको बारेमा प्रमुखहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News