भारतका मस्जिदमा फेला परे ५२ काेराेना पाेजेटिभ, तीनकाे मृत्यु



नयाँ दिल्ली, चैत्र २९
कोरोना भाइरसको बारेमा दिल्लीमा एउटा ठूलो खबर आएको छ। , ६ अप्रिलमा, दिल्लीको चाँदनी महल क्षेत्रमा १३ मस्जिदहरूबाट १०२ मानिसहरूलाइ निकालिएकाे थियाे। जसमध्ये ५२ जना कोरोना पोजिटिभ पाइएको थियो । मस्जिदबाट निकालेका धेरै जमात-ए-निजामुद्दीन कार्यक्रममा सहभागी भएका थिए। ती मध्ये विदेशीहरु पनि छन्।

चाँदनी महल क्षेत्रको मस्जिदबाट निकालिएका मानिसहरूमध्ये ३ दिन भित्र कोरोनाबाट ३ जना मानिस मरेका थिए। जिन्युजका अनुसार अप्रिल 6 मा, यी सबै व्यक्तिलाई चाँदनी महल क्षेत्रका १३ वटा मस्जिदहरूबाट बाहिर निकाले र गुलाबी बागमा क्वारेन्टाइन केन्द्रमा राखियो।

५२ व्यक्तिको कोरोना पाजेटिभ पाइएपछि डीएमले कडा आदेश दिएका थिए कि सम्पूर्ण क्षेत्र तुरुन्तै सिल गरिनु पर्छ र आवश्यक सामानहरू स्थानीयकाे घरमै पुर्‍याउनु पर्छ। सम्पूर्ण क्षेत्रलाई सरसफाई गर्न पनि भनिएको छ। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न पनि प्रयास भइरहेको छ। यस बाहेक, डीएमले ती क्षेत्रका जनताको ढोका-ढोका नमूना लिनु पर्ने बताएका थिए।

भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News