वडा अध्यक्षले यस्ताे स्टाटस लेखेपछि घरमा फेला पर्याे बुलेट




बेनी, चैत्र ३०
म्याग्दीका एक वडाध्यक्ष समाजिक सञ्जालमा एक स्टाटस लेखेपछि उनकाे घरमा बुलेट (गाेली) बरामद भएकाे छ । रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले साेही स्टाटसकाे अाधारमा आइतबार बुलेट (गोली) बरामद गरेको छ ।

पाखापानीको कोटगाउँ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएकाे डिएसपी किरनजंग कुँवरले जानकारी दिए । डिएपी कुँवरका अनुसार फरार भएका शेरपुजाको खोजी जारी छ । अदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि र उनी आवद्ध नेपाली काँग्रेसका स्थानीय प्रतिनिधि तथा अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो ।

‘शनिबार उहाँ (शेरपुजा)ले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएको हो,’ उनले भने, ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौँ ।’ अध्यक्ष शेरपुजाले , ‘नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ ।

कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा लेखेका थिए । शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

गोली कुन प्रकृतिको हो भन्ने विषयमा परीक्षणका लागि प्रयोगशालामा पठाउने डिएसपी कुँवरले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीसँग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ । अवैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ । उनको वडा अध्यक्षको पद पनि गुम्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News