आजदेखि २०७७ साल सुरू, जोखिममा घरमै बसेर मनाइँदै नयाँ वर्ष




काठमाडौं, वैशाख १
नयाँ वर्ष विक्रम संवत् २०७७ साल आजदेखि सुरु भएको छ । वैशाख १ गतेलाई आज नयाँ वर्षको एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

नयाँ वर्षलाई गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी नयाँ योजनाका साथ अगाडि बढ्ने योजना गरिन्छ । विगतका वर्षमा निकै हर्सोउल्लासका साथ मनाइने नयाँ वर्ष यस वर्ष भने अफ्ठेरो परिस्थितिमा परेको छ।

विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिएकोमा यश वर्ष भने विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।

पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको संगममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गम स्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा लगायत देशभर लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ ।

मेला स्थगित गरिए पनि वैशाख १ गते हुने विशेष पूजा भने यथावत् रहने जनाइएको छ । विशेष पूजा भीडभाड नगरी पुजारीले मात्र गर्नेछन् । यस वर्ष नयाँ वर्षको शुभकामना आदानप्रदानको माध्यम सामाजिक संजाल भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News