लकडाउन गर्ने उल्लघंन गर्ने २९ सय ९३ जना नियन्त्रणमा



काठमाडाैँ, बैशाख
नयाँ बर्षमा काठमाडाैँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७५ महिला सहित २९ सय ९३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजेसम्मकाे अवधिमा उनीहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसै गरी २ सय १४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाण्डौबाट सबैभन्दा बढि २३ सय ६३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ६ सय १० र भक्तपुरबाट २० जनालाई नियन्त्रणमा लिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News