लकडाउनको समय थप्ने सरकारको तयारी, मन्त्रिपरिषद बैठक बस्दै




काठमाडौं, वैशाख २
सरकारले लकडाउनको समय थप्ने तयारी गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि जारी लकडाउन थप्ने सरकारले तयारी गरेको हो ।

सरकारले फेरि कम्तीमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको बताइएको छ। यसै सम्बन्धि निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ। तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जनालाई निको भइसकेको छ। कोरोना संक्रमण दर बढ्दै गए लकडाउनको समय पनि थप्दैजाने सरकरको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News