हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना




काठमाडौं, वैशाख २
आज पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ।

पश्चमी वायु र स्थानीय वायुको प्रभावका कारण दिउँसोपख पुर्व,मध्य र पश्चिमी भेगका केहि स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमवीद् समिर श्रेष्ठले दिउँसोपख काठमाडौंमा पनि पानी पर्ने बताए। गएराति काठमाडौं उपत्यकासहित देशका पश्चिमी भेगहरुमा पानी परेको थियो। 

काठमाडौंमा गएराति २ मिलीमिटर बर्षा मापन भएको मौसमबीद् श्रेष्ठले जानकारी दिए। उपत्यकाको न्युनतम तापक्रम आज विहान १५ डिग्री सेल्सियस मापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News