चीनले तयार पार्यो कोरोना भाइरसविरुद्ध दुई खोप, मानवमाथि प्रयोगको अनुमति




एजेन्सी
चीनमा कोरोना भाइरसविरुद्ध दुई खोप तयार पारिएका छन् । बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेको सिन्ह्वाले जनाएको छ।

तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति पनि दिएको छ । यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो ।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले सो घोषणा गरेको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News