प्रहरीमाथि ढुङ्गा प्रहार , १२ जना पक्राउ



लहान, बैशाख २

प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

कोविड –१९० को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी९लकडाउन०को उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाका स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि गएराती प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएको थिए । प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।

कोविड –१९ को जोखिममा रहेको प्रदेश २ मा कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि थप सतकर्ता बढाइएको छ । प्रदेश सरकार लकडाउनलाई प्रभावकारी बनाउने र कोभिड–१९ को परीक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको प्रदेश २ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
सङक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको र आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षण गरिनेछ”, मन्त्री यादवले भन्नुभयो,“ ती स्थानहरुलाई शील गर्नुपर्ने अवस्था आए, त्यो पनि गर्न सकिने तयारी छ ।”
गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ । सबैको रिपोर्ट निगेटिभ आएको छ । बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News