यस्तो छ नयाँ संक्रमितको ट्राभल हिस्ट्री



काठमाडौं, बैशाख २

पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले सम्पर्क सूची केलाउन थालेको छ ।

र्‍यापिङ टेस्ट किट आरडीटीबाट तीन जनामा संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको पीसीआर टेस्टबाट दुई जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो व्यक्तिको पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छैन ।

नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरीक्षकका अनुसार उनीहरु ५ चैतमा कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए ।

यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ ।

विमानमा सवार अधिकांश व्यक्ति विभिन्न जिल्लामा पुगिसकेको सुरक्षा संयन्त्रको भनाइ छ । ‘धेरै संख्यामा यात्रुहरु बाहिर पुगिसक्नुभएको छ, त्यसैले अब हामीले खोजी थाल्नु भन्दा पहिले आफू बसेको स्थानमा रहेका प्रहरीसँग सम्पर्क गरिदिनु हुन अनुरोध छ’, ती अधिकृतले भने ।

प्रहरीकाअनुसार संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News