सीमामा आवतजावत अनिश्‍चितकालका लागि बन्द, थप प्रहरी परिचालन



काठमाडौँ, बैशाख २
छिमेकी राष्ट्र भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ । लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको हाे।

‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद स्रोतले बतायो।

लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन। संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News