सनसिटीको संक्रमित परिवारमा एक जनाकाे रिपोर्ट नेगेटिभ



काठमाडौं, बैशाख ३
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका एक जनाकाे रिपोर्ट नेगेटिभ आएको छ । साेमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

तर र्‍यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News