बालिका बलात्कार आराेपमा कैलालीमा तीनजना पक्राउ



धनगढी,वैशाख ३ ।

कैलालीको भजनी नगरपािलकामा एक १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा वडासचिवसहित तीन जना पक्राउ परेका छन् ।

किशोरीलाई सामूहिक बलात्कार आरोपमा जोशीपुर गाउँपालिका वडा नम्बर ४ का सचिव २९ वर्षीय रामकुमार चौधरीसहित तीन जनालाई प्रहरीले भजनीबाट पक्राउ गरेको हो ।

बलात्कार आरोपमा सचिव चौधरीसहित ३१ वर्षीय सुरेशकुमार चौधरी र २२ वर्षीय मंगल चौधरी पक्राउ परेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भन्दै भजनीको वडा नम्बर ८ कृष्णनगरस्थित हुलाकी सडकको दक्षिणतर्फको झाडीमा लिई डर, धम्की देखाएर बलात्कार गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उनीहरुमाथि कैलाली जिल्ला अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News