प्रदेश १ संसद् अधिवेशन अन्त्य



विराटनगर, बैशाख ३
कोरोना त्रासका कारण प्रदेश १ संसद्को पाँचौ अधिवेशन बुधबारदेखि अन्त्य भएको छ ।

यही अधिवेशनबाट प्रदेश नामकरणको मुद्दा टुंग्याउने लक्ष्यसहित अधिवेशन सुरु भएको थियो ।
तर, कोरोना संक्रमणको जोखिम उच्च भएसँगै हाललाई नामकरणको विषय थाती रहन पुगेको छ । चैत पहिलो साता ( ७ गतेदेखिं) देखि संसद् बैठक स्थगित भएको थियो । बुधबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । त्यसअघि संसद्को कार्यव्यवस्था समितिको बैठकले सरकारलाई अधिवेशन टुंग्याउन सुझाव दिएको थियो ।
प्रदेश मन्त्रीपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड रकम थप्ने निर्णय पनि गरेको छ । यसअघि १० करोड कोषमा हालेको सरकारले थप १५ करोड कोषमा लगाएर कोरोना नियन्त्रणका लागि काम गर्ने जनाएको छ । बैठकले क्यान्सरको उपचार गरिरहेका पत्रकार कमल पौडेललाई ३ लाख रुपैयाँ सहयोगको निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

यसैबचि प्रदेश १ मा पिसिआर र आरडीटी दुवै थरी परीक्षणको सबै रिपोर्ट नेगेटिभ आइरहेको छ । पिसिआर विधिबाट हालसम्म २८४ जनाको नमुना संकलन भएको छ । त्यसमध्ये २६६ को रिपोर्ट नेगिेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । त्यस्तै आरडिटी विधिबाट ५५५ जनाको जाँच भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News