जहाँ लकडाउन तोडे जरिवाना हुन्छ



जुम्ला बैशाख ३

जुम्लाको घोडेगाउँमा लकडाउन उलंङ्घन गरेर गाउँ छोडेर जानेलाई पाँच सय रुपैयाँ जरिवाना छ।

गाउँभित्र प्रवेश गर्नेलाइ एक हजार रुपैयाँ। गाउँमा त्यो नियम लागेपछि आउजाउ गर्ने ह्वात्तै घटेको छ। त्यो गाउँमा न भिडभाड हुन्छ। नत आउजाउ नै बढि  हुन्छ। गाउँमा अपरिचित र विदेशबाट आउने ब्यक्ति प्रवेश नपाउने भएपछि गाउँमा आफ्नै खालको सहज जीवनयापन छ।

स्थानीय जङ्ग रोकाया भन्छन्,‘ बाहिरबाट आउने व्यक्ति रोकेपछि यहाँ कोरानाको त्रास छैन्। लकडाउन भित्र यहाँका स्थानीयले आफ्नै खालको जीवनशैली अपनाएका छन्। दिउँसो खेतिपातीमा संलग्न हुन्छन्। सामाजिक दुरी कायम गरेका छन्। राति सिँधै घर भित्रिन्छन्। न गाउँमा कचहरी बस्छ, नत कुनै सामुहिक कार्य नै भएका छन्।’ 

यहाँका अधिकांश सर्वसाधरण लेकाली बस्ती सरिसके। जहाँ कोही पनि नयाँ व्यक्ति प्रवेश गर्न पाउँदैन्। कनकासुन्दरी गाउँपालिका ५ को मुलबाटो नै बन्द छ। विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस छिर्न नपाउने गरि स्थानीयले बाटो नै बन्द गरेका छन्। अहिले भारत लगायतका देशबाट आउनेलाई सिँधै क्वारेन्टाइनमा लैजाने संस्कार बसिसकेको छ। यहाँका प्रत्येक स्थानीय तहमा ६ देखि ५३ बेड सम्मका क्वारेन्टाइन स्थापना गरिएका छन्।

तर जुम्लाको सहर मानिएको खलंगामा भने लकडाउन अवधिमा घुमफिर गर्न पनि कठिन छ। चौकचौकमा प्रहरी परिचालित छन्। सहरी क्षेत्रमा अनावश्यक प्रवेश बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाइरहेको छ। यहाँका दुर्गम बस्तीमा कोरानाको त्रास छैन्। बरु नयाँ मान्छेलाइ कसरी प्रवेशमा रोक लगाउने भन्ने चिन्ताले सताउने गरेको स्थानीय सार्कीबहादुर बोहारा बताउँछन्। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News