शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीद्वारा कुटपिट



काठमाडौं, बैशाख
राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हातपात गर्नुका साथै लाठि चार्ज समेत गरेको आरोप संघले लगाएको छ ।

यस मानवीय संकटको बेलामा अत्यावश्यक सेवामा ज्यानको जोखिममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन समेत संघले माग गरेको छ ।

दोषी प्रहरीमाथि कार्वाही नगरे संघले कडाभन्दा कडा कार्वाहीको कदम चाल्ने चेतावनी समेत संघले दिएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको जनाइएको छ । घटनाबार प्रहरीले आधिकारिक प्रतिक्रिया दिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News