कोरोना संक्रमण : अमेरिकामा मृतकको संख्या २८ हजार नाघ्यो, २४ घन्टामा २ हजार बढीले ज्यान गुमाए




काठमाडौं, वैशाख ४
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बढ्दै छ। संक्रमण दर तीव्ररुपमा फैलिएपछि मृत्यु हुनेको संख्या २८ हजार ५ सय १५ पुगेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकैदिन ३० हजार १ सय ४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४८ जार ६ सय ७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८१ हजार ७ सय ६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News