सरकारले आजदेखि लकडाउन उल्लंघन गर्नेमाथि कडाई गर्ने



काठमाडौं,वैशाख ४ ।

सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि कडाई गर्ने भएको छ ।

बुधवार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाई गर्ने भएको हो ।

संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको छ ।

ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा पु¥याउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News