इटहरीका वडाध्यक्ष चौधरीको निधन




इटहरी, वैशाख ४
इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुलाल चौधरीको निधन भएको छ। पित्तथैलीको क्यान्सरबाट ग्रसित ५५ वर्षीय चौधरीको गएराति निधन भएको हो।

एक वर्षअघि भारतबाट उपचार गराएर फर्किएका उनको पछिल्लो समय  नोबेल अस्पताल विराटनगरमा नियमित उपचार भैरहेको थियो । पित्तथैलीको क्यान्सर भएकाले उपचार सम्भव नभएको परिवारले जनाएको छ। 

उनी नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। चौधरीका २ छोरी, १ छोरा र श्रीमती छन्। 
 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News