आरडिटीबाट मात्रै ढुक्क हुन सकिन्नः स्वास्थ्य मन्त्रालय



काठमाडौं, बैशाख ४

र्‍यापिड डायग्नोस्टिक किट आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमाछोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई सय ९८ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले भने आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडीटी गराउनुपर्ने बताएको छ । संक्रमित व्यक्तिको संसर्गमा रहेकाहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News