पासबिना हिँडेका सई युवाहरूको नियन्त्रणमा



गोरखा, बैशाख ४
अत्यावश्यक भन्दै अनावश्यकरूपमा सवारी साधन चलिरहेपछि निगरानीमा खटिएका गोरखाका युवाले प्रहरी नायव निरीक्षक(सई) लाई नियन्त्रणमा लिएका छन् । उनी सवार रहेको बा २१ च १२६१ नंबरको स्कोरपियो पनि युवाहरुले नियन्त्रणमा लिएका ड्युटीमा खटिएका स्थानीय युवा अनील कुँबरले जानकारी दिए ।

श्रीमती भेट्न भन्दै बिहीबार युनिफर्ममै गोरखा पुगेका प्रहरी सई पीके यादव गोरखा नगरपालिका ११ स्थित ड्युटीमा खटिएका युवाहरुको फन्दामा परेका हुन् ।‘उहाँ युनिफर्ममै हुनुहुन्थ्यो । हामीले पास खोज्यौं, छैन भन्नुभयो अनि हामीले अगाडि बढ्न दिएनौं’, उनले भने, ‘जिल्लाको एसपीसाबले युनिफर्ममा आएको भए छोडिदिन आग्रह गर्नुभयो तर हामीले छाडेनौं ।’ लकडाउनका बेला अरुलाई नियममा कडाइ गरेपछि प्रहरी पनि नियमभित्रै रहनु पर्ने उनले बताए ।

उनी महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत रहेको कुँबरले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News