मेघगर्जननसङ्गै चट्याङ, असिना र हावाहुरीकाे सम्भावना




काठमाडौँ, वैशाख ५
आज देशको पूर्वी र पश्चिमी भूभागका साथै मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुनेभएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार रातिको समयमा पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News