चीनबाट मेडिकल सामग्री लिएर काठमाडौं पुगे दुई वाइडबडी विमान




काठमाडौं, वैशाख ५
नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज चीनबाट मेडिकल सामग्री लिएर शुक्रबार बिहानै काठमाडौं उत्रिएका छन् ।
निजी क्षेत्रको मेडिकल सामग्री ल्याउन निगमका दुई जहाज बिहीबार साँझ मात्रै चीनको ग्वान्जाउतर्फ उडेका थिए।

निजी व्यवसायी कम्पनी फ्लास फ्रेट र साङ्ग्रीला फ्रेटले गरेको चार्टर उडान मार्फत् चीनबाट मेडिकल सामाग्री ल्याइएको निगमले जनाएको छ।
सरकारसँगको समन्वयमा विदेशी नागरिक उद्धार र मेडिकल सामाग्री ल्याउनका लागि निगमले चार्टर उडान गर्दै आएको हो। लकडाउनको अवधिमा निगम्ले सर्बाधिक उडान भरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News