प्रहरी आक्रामक, बिहानै एक हजार बढी मानिस नियन्त्रणमा




काठमाडौं, वैशाख ५
लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरी आक्रामक बनेको छ। आज बिहानै प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय बढीलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बिहान ८ बजेसम्म महिला पुरुससहित १ हजार १ सय ५ जनालाई नियन्त्रणमा लिएको बताए।

यसैगरी लकडाउनको समयमा सवारी चलाएकोमा १ सय ४ वटा दुई पाङ्ग्रे र चारपाङग्रे सवारी सहित सवारीधनीलाई नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिएकाहरुलाई भने तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छोड्ने गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News