राष्ट्रपति कार्यालयले फिर्ता गर्यो ९ करोड ५० लाख



काठमाडौं, बैशाख ५

राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो ।

कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
सो बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेकी छिन् ।

नेपालमा कोरोनाभाइरसबाट १६ जना संक्रमित भइसकेका छन् भने लामो लकडाउनका कारण अर्थतन्त्रमा नराम्ररी प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News