गाउँ हिडेकालाई जहाँ पुगे त्यहीँ रोक्नु : प्रधानमन्त्री
काठमाडौं, वैशाख ५
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट गाउँ गइरहेकाहरूलाई रोक्न निर्देशन दिएका छन्। शुक्रबार मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर प्रधानमन्त्री ओलीले काठमाडौं छोडेर बाहिर जानेहरूलाई रोक्न निर्देशन दिएका हुन् ।
उनले गाउँ हिडेकाहरुलाई पनि जहाँ पुग्यो त्यहीँ रोकेर खाने बस्ने वातावरण मिलाउन भने । त्यस्तै, प्रधानमन्त्री ओलीले खाने र बस्ने समस्या परेका सबैलाई खाद्यान्नसहित राहत वितरण स्थानीय निकायबाट हुने बताए।
पर्यटन मन्त्री योगेश भट्टराईले उपत्यका बाहिर वा भित्र गर्न नदिने निर्णयलाई अब थप कडाईका साथ लागू गरिने बताए ।
लकडाउनका कारण उपत्यकाभित्र बेखर्ची भएका मानिसहरु भोकैप्यासै हिँडेर घर जान थालेपछि सरकारको व्यापक आलोचना हुन थालेको थियो।