हिरा लुट्ने पत्रकार र तीन प्रहरी जेल चलान




काठमाडौं, वैशाख ५
मकवानपुरको कैलाशपुर गाउँपालिकामा हिरा लुटपाटमा सङ्लग्न एक पत्रकार तीन प्रहरीलाई जेल चलान गरिएको छ। एक जनालाई धराउटीमा छोडिएको छ।

शुक्रबार मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इजलाशले हिरा लुटपाटमा संलग्न पत्रकार र तीन प्रहरीलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो । घटनाका आरोपी पीडित धनलक्ष्मी गुरुङका ज्वाइँ अमृत थिङलाई भने २५ हजार धरौटी लिएर छाड्ने आदेश दिइएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका ५ चौकीटारी धनलक्ष्मी गुरुङको हिरा लुटेको आरोपमा पालुङ प्रहरीले पत्रकार सुजन आचार्यसहित अन्य तीन प्रहरीलाई चैत ७ गते पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय पालुङका इन्सपेक्टर विकास तामाङ नेतृत्वको प्रहरी ललितपुरको भैंसेपाटी बस्ने १९ वर्षीय पत्रकार सुजन आचार्य, वीरेन्द्रनगर १२ सुर्खेत घर भएका नेपाल प्रहरीका असई २६ वर्षीय सुरेन्द्र बहादुर बसेल, शिवालय २ जाजरकोट घर भएका नेपाल प्रहरीका जवान २७ वर्षीय वीरबहादुर बस्नेत र सिजुवा १, दाङ घर भएका २८ वर्षीय प्रहरी जवान हिमकान्त पुन मगरलाई हिरा लुटेर भाग्दै गर्दा पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट एक थान हिरा, गोली लोड गरिएको अवस्थामा प्रहरीकै पेस्तोल एक थान, चार थान सञ्चार सेट, दुई थान मेटल डिटेक्टर, एक थान क्यामेरा, एक थान ल्यापटप र सात थान मोबाइलसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News