१० वर्षीया सुस्त मनस्थितिकी बालिका ५५ वर्षीय पुरुषबाट बलात्कृत
रौतहट, वैैैशाख ५
रौतहटको फतुवा विजयपुर नगरपालिकामा १० वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक ५५ वर्षीय पुरुष पक्राउ परेका छन् ।
बलात्कार आरोपमा प्रहरीले फतुुवा बिजयपुर नगरपालिका–५ का ५५ वर्षीय वारीस अन्सारीलाई पक्राउ गरेको हो । उनले बालिकालाई राति सौच गर्न बाहिर आएको बेला फकाएर आफ्नो कोठामा लिएर बलात्कार गरेका हुन् ।
बालिकालाई खाज्दै गएकी पीडित बालिकाकी आमाले करणी गर्दा गर्दै रंगे हात पक्राउ गरेकी थिइन् । त्यसलगत्तै भागेका अन्सारीलाई ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले बिहान ३ बजे पक्राउ गरेको थियो ।
पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबर्जस्ती करणीबारे मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थपेर प्रहरीले अन्सारीमाथि अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।