कस्तो छ आजको मौसम ?




काठमाडौं, वैशाख ६
आज देशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै केही ठाउँमा वर्षासङ्गै हावाहुरी र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको पूर्वानुमानअनुसार शनिबार दिउँसो  देशभर आंशिकदेखि सामान्य  बदली  रहने र देशका मध्य, पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यसैगरी, राति  देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी  भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । 

त्यस्तै,  देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News