विश्वभर एक लाख ५४ हजार बढीको मृत्यु, संक्रमितको संख्या २२ लाख नाघ्यो




काठमाडौं, वैशाख ६
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण एक लाख ५४ हजार २ सय ४१ पुगेको छ।

२२ लाख ५० हजार १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १५ लाख २४ हजार ३ सय १ जना कोरोना संक्रमित उपचाररत छन्।

उपचाररतमध्ये ५६ हजार ९ सय ६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र १४ लाख ६७ हजार ३ सय ३८ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

नेपालमा शुक्रबारसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। शुक्रबार एकैदिन नेपालमा १४ जनामा कोरोनाका संक्रमण देखिएको थियो।

पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ, जसमध्ये ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ। स्पेनमा १ लाख ९० हजार ८ सय ३९ जना कोरोना संक्रमित रहेकोमा २० हजार २ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमित १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ। यीमध्ये २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ४७ हजार ९ सय ६९ जना कोरोनाका संक्रमित रहेकोमा १८ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४१ हजार ३ सय ९७ रहेको छ, जसमध्ये ४ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमित १ लाख ८ हजार ६ सय ९२ पुगेका छन्। यीमध्ये १४ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ।

चीनमा कोरोना भाइरस संक्रमित ८२ हजार ७ सय १९ रहेकोमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। इरानमा कोरोना संक्रमितको संख्या ७९ हजार ४ सय ९४ पुगेको छ, जसमध्ये ४ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ।

टर्कीमा कोरोनाका संक्रमित ७८ हजार ५ सय ४६ पुगेको छ। यीमध्ये १ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ। बेल्जियममा देखिएका ३६ हजार १ सय ३८ कोरोना संक्रमितमध्ये ५ हजार १ सय ६३ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ३४ हजार २ सय २१ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यीमध्ये २ हजार १ सय ७१ जनाको मृत्यु भएको छ।

रुसमा कोरोना संक्रमितको संख्या ३२ हजार ८ पुगेको छ, जसमध्ये २ सय ७३ जनाको मृत्यु भइसकेको छ। क्यानाडामा ३१ हजार ९ सय २७ कोरोना संक्रमितमध्ये १ हजार ३ सय १० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा ३० हजार ४ सय ४९ जना कोरोना संक्रमित छन्। यीमध्ये ३ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ।

स्विट्जरल्याण्डमा २७ हजार ७८ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म १ हजार ३ सय २७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News