मस्जिदका १२ कोरोना संक्रमित मध्यरातमा अस्पताल भर्ना



इटहरी, वैशाख ६
उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा भेटिएका १२ जनालाई कोरोना संक्रमितलाई मध्यरातमा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ। १२ जना संक्रमितसहित १६ जनालाई प्रहरीको स्कटिङ्ग्मा अस्पतालमा पुर्याइएको हो ।

उनीहरुलाई कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिन सुरू गरिएको कोशी अस्पताल विराटनगरकी प्रमुख डाक्टर संगीता मिश्राले जानकारी दिइन्।

एउटा एम्बुलेन्समा ४ जनाका दरले राखेर १६ जनालाई ल्याइएको प्रहरीले जनाएको छ। उदयपुरका ४ एम्बुलेन्समा ल्याइएका १६ मध्ये १२ भारतीय हुन् भने ४ नेपाली रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका १२ मध्ये एक युवक नेपाली भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News